राष्ट्रिय पत्रकारिता दिवसमा कोशी प्रदेशका ८ पत्रकार सम्मानित

कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरूलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।

वैशाख २४, २०८३

पर्वत पोर्तेल

8 journalists from Koshi Province honored on National Journalism Day

विराटनगर — राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले बिहीबार प्रदेशका आठ जना पत्रकारलाई सम्मान गरेको छ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरूलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेका हुन् । 

यस वर्ष सम्मानित हुने पत्रकारहरूमा धनकुटाका पत्रकारद्वय सिद्धराज राई र सन्तोष रुचाल, विराटनगरका विवेक गौतम, शेखर रेग्मी र श्यामसुन्दर सुतिहार, झापाकी रेजिना गौतम, सोलुका मनोज श्रेष्ठ र सुनसरीका गोपाल दाहाल छन्।

मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यमलाई अंकुश लगाउने कुनै पनि काम नगर्ने दाबी गरेका छन् । निजी र सरकारी सञ्चारमाध्यमबीच विभेद गर्न नहुने उल्लेख गर्दै उनले यस्तो व्यवहार संविधान र कानुनविपरीत हुने धारणा राखे । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully