खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरूको ३ दिनभित्र अद्यावधिक विवरण पेस गर्न अनुरोध गरेको हो ।

वैशाख २२, २०८३

डम्बरसिं राई

Correspondence to local levels to submit details of encroached government and public land in Khotang

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार गरेको छ । 

जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरूको ३ दिनभित्र अद्यावधिक विवरण पेस गर्न अनुरोध गरेको हो । प्रशासकीय अधिकृत प्रभात ढकालद्वारा सोमबार जारी गरिएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरू पहिचान गरी उक्त जग्गाहरूको अतिक्रमण हटाउने योजनासहित संलग्न गरी हार्ड र सफ्ट कपी ३ दिनभित्र बुझाउन अनुरोध गरिएको छ ।

गृह मन्त्रालयको गत वैशाख १६ गतेको निर्देशनको आधारमा उक्त विवरण मागिएको समेत पत्रमा उल्लेख छ । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully