त्रियुगा खोलामा ५५७ मिटर लामो पुल संचालनमा

ईक्राह र शिवनगरलाई जोड्ने गरी निर्माण गरिएको पुलको मंगलबार पूर्वमन्त्री तथा कांग्रेस नेता नारायण खड्काले उद्घाटन गरे ।

वैशाख २२, २०८३

राकेश नेपाली

557-meter-long bridge over Triyuga River in operation

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित त्रियुगा खोलामा ५५७ मिटर लामो झोलुंगे पुल संचालनमा आएको छ । 

ईक्राह र शिवनगरलाई जोड्ने गरी निर्माण गरिएको पुलको मंगलबार पूर्वमन्त्री तथा कांग्रेस नेता नारायण खड्काले उद्घाटन गरे । सहरी विकास मन्त्रालय अन्तरगत स्थानीय पूर्वाधार विकास झोलुंगे पुल महाशाखाको ९ करोड ६९ लाख बजेटमार्फत ५५७ मिटर लामो पुल करिब १० महिनामा निर्माण सम्पन्न भएको हो ।

दुई वर्षभित्र काम सक्ने गरी थानी निर्माण सेवा काठमाडौंले २०८२ असार ११ मा जिम्मा लिएको थियो । यो पुलले हडिया, सुन्दरपुर, जोगिदहलगायतका स्थानीयलाई गाईघाट तथा बेल्टार पुग्न सहज हुनेछ । यहाँ पुल नहुँदा बर्षायाममा स्थानीयलाई जोगिदह, भुल्के हुँदै गाईघाट पुग्नुपर्ने बाध्यता थियो । 

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully