पाँचथरको हिलिहाङ–७, सम्नेवा निवासी ५८ वर्षीय डम्बर योन्जन तामाङको करेन्ट लागेर मृत्यु भएको हो भने हरिचन्द्र योक्पाङदेनले हानेको ढुङ्गाले टाउकोमा लाग्दा हिलिहाङ गाउँपालिका–६ का ५२ वर्षीय धनप्रसाद यावाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिकामा आपसी विवाद धनप्रसाद यावा र करेन्ट लागेर डम्बर योन्जन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।
आपसी विवाद बढ्दा ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले हानेको ढुङ्गाले टाउकोमा लाग्दा हिलिहाङ गाउँपालिका–६ का ५२ वर्षीय धनप्रसाद यावाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापश्चात् योक्पाङदेनलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गर्नुका साथै मृतकको शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको छ ।
यसैबीच बाँस ढाल्ने क्रममा करेन्ट लाग्दा हिलिहाङ–७ मै अर्का एक जनाको ज्यान गएको हो । पाँचथरको हिलिहाङ गाउँपालिका–७ सम्नेवा निवासी ५८ वर्षीय डम्बर योन्जन तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कर्णले जानकारी दिए ।
