विशेषगरी फागुनदेखि वैसाख र असोजदेखि मंसिरसम्म जिल्लामा पर्यटकीय गतिविधि अधिक हुने गरेको छ ।
What you should know
ताप्लेजुङ — १ लाख २० हजार जनसङ्ख्या भएको ताप्लेजुङमा २०८२ मा २ लाख ५० हजार बढी पर्यटक भित्रिएका छन् ।
जिल्लामा सबैभन्दा धेरै पर्यटक पाथीभरामा २ लाख ३८ हजार ७ सय जना आएका छन् । कञ्चनजंघा क्षेत्रमा विदेशी पर्यटक १४ सय र अन्य आन्तरिक पर्यटकले भ्रमण गरेका छन् ।
विशेषगरी फागुनदेखि वैसाख र असोजदेखि मंसिरसम्म जिल्लामा पर्यटकीय गतिविधि अधिक हुने गरेको छ । सदरमुकाम फुङलिङ हुँदै जाने पाथीभरामा भने बाहृै महिना पर्यटकीय गतिविधि हुने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ बताउाछन् । ‘पाथीभरामा हरेक महिना कम्तीमा ४ हजार र बढीमा ४८ हजारसम्म पर्यटक बाहिर जिल्लाबाट आएको तथ्यांङक छ,’ हाङवाङले भने, ‘यसले औसतमा दैनिक पाँच सय जना पर्यटक ताप्लेजुङ आएको देखिन्छ ।’
कञ्चनजंघा क्षेत्रमा एक जना विदेशी पर्यटकले पाँच जनासम्म नेपाली ल्याउने गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटक सहायक टाँसी शेर्पाले बताए । ‘हामीले बाहिर जिल्लाबाट आएका आन्तरिक पर्यटकको पनि तथ्यांक राख्न थालेका छौं,’ टाँसीले भने, ‘अहिले विदेशी र स्वदेशी पर्यटक हाराहारी हुन्छन् । विदेशीसाग गाइड, कुक, पोर्टर हुन्छ, नेपालीसँग त्यो सङ्ख्या कम हुन्छ ।’
कञ्चनजंघा क्षेत्र घुम्न वर्षमा मुख्य दुई सिजन उपयुक्त मानिन्छ । चैतदेखि जेठसम्म पहिलो र असोजदेखि मंसिरसम्म दोस्रोयाम मानिन्छ । गत वर्ष पहिलोयाममा ७ सय ५० विदेशी पर्यटक आएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँच चौकीको तथ्यांक छ । यसको झण्डै तेब्बर आन्तरिक पर्यटक रहेको स्थानीयले बताए ।
दोस्रो सिजनमा पनि पर्यटकको चहलपहल राम्रो रहेको पर्यटन व्यवसायी तथा फक्ताङलुङ गाउँपालिका कार्यपालिका सदस्य सेराप शेर्पाले जानकारी दिए । पाँच वर्षअघिसम्म नेपाली पर्यटक नदेखिने क्षेत्रमा पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वृद्धि भएको सेरापको भनाइ छ ।
पाथीभरामा भने मासिक रुपमै पर्यटकको तथ्यांक राख्ने गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको तथ्यांक अनुसार गत वैसाखमा ३८ हजार १ सय ७० जना आएका थिए भने जेठमा १६ हजार २ सय १० र असारमा ४ हजार ७८ जना आएका थिए ।
साउनमा २ हजार १ सय ४६, भदौमा ४ हजार ५ सय ३, असोजमा २९ हजार १ सय ७४, कात्तिकमा ४२ हजार २ सय ६१ र मंसिरमा १९ हजार १ सय ८१ आएका थिए । पुसमा ५ हजार ९ सय ९१, माघमा १० हजार ३ सय २३, फागुनमा १८ हजार ६ सय ५२ र चैतमा वर्षकै सवैभन्दा धेरै ४८ हजार १ सय ५५ जना आएको सूचना प्रविधि संयोजक सन्तोष कुमार सार्कीले बताए ।
पाथीभरा र कञ्चनजंघाबाहेक गुफापोखरी क्षेत्रको लालीगुारास, मिक्वाखोलाको फुङफुङे र सिदिङवाको ढङढङे झरना तथा सिदिङवामै रहेको तिम्वुङपोखरी क्षेत्रमा पर्यटक आउने गरेका छन् । तिम्बुङ पोखरीमा भारतको सिक्किम, विहारदेखिका बाहृय पर्यटक समेत आउने गरेको स्थानीय पर्यटन व्यवसायी अमिर राईले बताए ।
