इनरुवामा सडक निर्माणको गुणस्तरमाथि प्रश्न, स्थानीयको विरोध

बबिया शुक्रबारे हाटदेखि सतैरझोरा हुँदै बबिया सहकारीसम्मको सडक निर्माणमा गुणस्तर कमजोर भएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन ।

वैशाख १, २०८३

अर्जुन सुवेदी

Locals protest over quality of road construction in Inaruwa

What you should know

सुनसरी — सुनसरीको इनरुवा नगरपालिका–९ बबिया यादव टोलमा निर्माणाधीन सडकको गुणस्तरमाथि स्थानीयले प्रश्न उठाउँदै विरोध जनाएका छन्।

निर्माण कार्यमा मापदण्ड विपरीत कमसल काम भइरहेको आरोप लगाउँदै स्थानीयबासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। स्थानीयका अनुसार सडक निर्माणका क्रममा पुरानो कालोपत्र जोतेर उचित आधार (बेस) तयार नगरी काम गरिएको छ। स्थानीयबासी तथा इन्जिनियर शंकर यादवले माटो नहाली कमसल बेस राखेर सडक निर्माण गरिएको आरोप लगाउँदै यस्तो कामले दीर्घकालीन रूपमा टिकाउ नहुने बताए।

उनका अनुसार एउटै सडक वर्षमा दुई पटकसम्म कालोपत्र गर्ने, पुनः भत्काउने र फेरि निर्माण गर्ने क्रमले राज्यको बजेट अनावश्यक रूपमा खर्च भइरहेको छ। साविक बबिया शुक्रबारे हाटदेखि सतैरझोरा हुँदै बबिया सहकारीसम्मको सडक निर्माणमा गुणस्तर कमजोर भएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।

उनीहरले निर्माण कार्यमा पारदर्शिता र मापदण्डअनुसार काम गर्न माग गरेका छन्। उक्त सडक निर्माणका लागि संघीय सरकारको सहरी विकास मन्त्रालयको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले २ करोड १२ लाख ७५ हजार ६८७ रुपैयाँ ५० पैसा (भ्याटबाहेक) लागतमा ठेक्का सम्झौता गरेको हो।

सो ठेक्का प्रचबी बिल्डर्स बराहक्षेत्र निर्माण सेवा जेभीले पाएको छ। ठेक्केदार कम्पनीका प्रतिनिधि प्रकाश मेहताले भने आफूहरूले गुणस्तरीय काम गरिरहेको दाबी गरेका छन्। उनका अनुसार इनरुवा–९ शुक्रबारेदेखि यादव टोलसम्मको सडकमा हाल बेससम्मको काम सम्पन्न भइसकेको छ। माघ १० मा सम्झौता भएको उक्त आयोजना २०८३ जेठ ३१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

अर्जुन

Link copied successfully