तीनजुरेदेखि पाथीभरासम्मको जंगल गुराँसले राताम्मे

गुराँसका दाउराको प्रयोग, कोइला बिक्री गर्ने, खुला चरिचरन, चोरी निकासी, वनमा सडक निर्माण, विद्युत्‌को हाइटेन्सन लाइन विस्तार जस्ता कारण गुराँसको राजधानी भनिएकै क्षेत्रका वन मासिँदै गएको संरक्षणविद्को गुनासो ।

चैत्र ३०, २०८२

आनन्द गौतम

The forest from Tinjure to Pathibhara was covered in night mist.

What you should know

ताप्लेजुङ — फुङलिङ नगरपालिका-४ ताप्लेजुङका सुरज ओझाले हरेक नयाँ वर्षको दिन आफ्नो गन्तव्यस्थलका रूपमा गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रलाई बनाउने गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङको अध्यक्ष भएको नाताले पनि उनले यो दिन रुखबिरुवाले आकर्षित गर्ने क्षेत्रलाई रोज्ने गरेका हुन् । 

उनको टिममा आफ्नो समूहको साथीभाइ लगायत नयाँ पुस्ताका धेरै हुने गरेका छन् । यस वर्ष पनि चैत ३० गते गएर गुफा पोखरीमा बस्ने र २०८३ सालको नयाँ वर्षको दिन गुराँसका बुटाबुटा चहारेर फर्कने योजना बनाएका छन् । 

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट दोभान बजार, मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजार हुँदै तीन घण्टामा ताप्लेजुङ, पाँचथर र सङ्खुवासभाको सङ्गमस्थल गुफापोखरी पुगिन्छ ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५, पापुङकी फुपुल्हामु शेर्पाको टोलीले पनि यस वर्षको गन्तव्यस्थल गुफापोखरी क्षेत्रलाई बनाउने भएको छ । नयाँ वर्षको दिन घुमफिर र रमाइलो गरे वर्षभरि त्यस्तै अवसर मिल्छ भन्ने मान्यता भएकाले गाउँटोलका साथीभाइ भएर गुफा जाने योजना बनाएको उनले टेलिफोनमा सुनाइन् । The forest from Tinjure to Pathibhara was covered in night mist.

पापुङबाट गुफापोखरी जान हान्द्रुङ, दोभान, साँघु भएर जानु पर्छ । गुफा यहाँका चौंरी पालकको खर्क पनि हो । तर भ्रमणमा जानेहरूको मुख्य योजना चाहिँ गुराँसमा रम्नु र रमाउनु हो ।

सुरज र फुपुल्हामुजस्ता सयौं मानिस नयाँ वर्ष मनाउन गुराँसको राजधानी भएको क्षेत्रमा जाने तयारीमा छन् । उनीहरूले गुराँस क्षेत्रलाई आफ्नो गन्तव्यस्थलका रूपमा रोजिरहँदा गुराँसका बुट्यान र फूलका थुङ्गाहरू पनि स्वागतका लागि आतुर जस्ता देखिन्छन् । 

गुराँसको राजधानीको रूपमा परिचित मिल्के, तीनजुरे, जलजले क्षेत्रमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन् । वनस्पतिविद् कमल मादेन र चीनको साउथ चाइना एग्रिकल्चर युनिभर्सिटीमा वातावरण विज्ञानमा विद्यावारिधि गरेका दीपक खड्कासहितको समूहले दुई नयाँ प्रजाति पत्ता लगाएर ३२ पुर्‍याएका हुन् । यसअघि उक्त क्षेत्रमा ३० प्रजाति पाइन्थ्यो। मादेन र खड्कासहितको समूहले १२ दिनसम्म टीएमजे क्षेत्रमा अध्ययन गरेका थिए ।

तेहथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कदेखि मेन्छ्यायेम हुँदै ताप्लेजुङको फक्ताङलुङ र पाथीभरासम्म गुराँस पाइन्छ । फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोला, घुन्सा, फले लगायतका क्षेत्र गुराँसले राताम्मे हुने गरेको छ । तीनजुरेदेखि फक्ताङलुङसम्मको क्षेत्रमा गुराँसको नयाँ प्रजाति भेटिएको वनस्पतिविद् मादेनले बताए । यो रुटले पहाडै पहाड़   कञ्चनजङ्घादेखि दार्चुला हुँदै हुम्लासम्मको बृहत् हिमालय पदमार्गलाई छोएको छ।The forest from Tinjure to Pathibhara was covered in night mist.

छिमेकी देश चीनको डिङजे काउन्टीमा रहेको तिब्बतको कोमोल्मा प्रकृति आरक्षण क्षेत्रलाई र टीएमजे क्षेत्र जोडिएको छ । रोयल वोटानिक गार्डेन्स क्यु लन्डनका अनुसार संसारभर गुराँसका १ हजार ७३ प्रजाति छन्। लालीगुराँस सबैभन्दा अग्लो रूख हुने प्रजाति हो। यो प्रजाति नेपालसहित पाकिस्तान, भारत, श्रीलंका, भुटान, म्यान्मार, भियतनामसम्म छ । म्यान्मार र भियतनामसँग जोडिएको चीनको दक्षिण पूर्वी युनानमा प्रचुर मात्रामा पाइने गरेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

वन तथा वातावरण मन्त्रालयले ०७५ मा जारी गरेको गुराँस संरक्षण कार्ययोजना अनुसार नेपालका ४३ जिल्लामा गुराँस पाइन्छ । सबैभन्दा ठूलो रूख हुने लालीगुराँस पूर्वी नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेहथुम, संखुवासभा, सोलुखुम्बुदेखि लमजुङ, म्याग्दी, बागलुङ, रुकुम, डोल्पा, बझाङ, बाजुरा, दार्चुलासम्म पाइन्छ ।The forest from Tinjure to Pathibhara was covered in night mist.

डडेलधुरा, बैतडीलगायत जिल्लामा बढी मात्रामा पाइन्छ । यो प्रजातिको फूल रातो मात्र नभई सेतो, खरानी, हल्का पहेंलो रङको पनि हुने गरेको छ । गुराँसको एक प्रजाति रोडोडेन्ड्रन अबोरियम भने नेपालभर पाइन्छ। राष्ट्रिय फूलसमेत रहेको लालीगुराँससहितका प्रजातिको संरक्षणका लागि सरकारले बेलाबेला कार्ययोजना बनाएर काम पनि गर्ने गरेको छ ।  

हिमाली र उच्च पहाडी क्षेत्रमा भने गुराँस बाहेकका वनस्पति कम भएकाले स्थानीयले दाउराका रूपमा उपयोग गर्ने गरेका छन् । जसका कारण यसको संरक्षण चुनौतीपूर्ण बन्ने गरेको सामुदायिक वनका अध्यक्ष ओझा बताउँछन् ।The forest from Tinjure to Pathibhara was covered in night mist.

गुराँसका दाउराको प्रयोग, कोइला बिक्री गर्ने, खुला चरिचरन, चोरी निकासी, वनमा सडक निर्माण, विद्युत्‌को हाइटेन्सन लाइन विस्तार जस्ता कारण गुराँसको राजधानी भनिएकै क्षेत्रका वन मासिँदै गएको संरक्षणविद्को गुनासो छ । बढ्दो वन अतिक्रमण र असन्तुलित तापक्रमका कारण पनि गुराँस संरक्षणमा चुनौती रहेको सामुदायिक वन उपभोक्ता महासंघका सचिव कमला लिम्बूले बताइन् ।  देशमा गुराँस मिश्रित वन क्षेत्र ६ लाख ९९ हजार ५ सय ९६ हेक्टर रहेको वन अनुसन्धान विभागको तथ्याङ्कमा उल्लेख छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully