साकोसको भवन शिलान्यास

१० आना जग्गामा करिब ५० लाख रुपैयाँको लागतमा एकतले भवन निर्माण गर्न लागिएको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)का अध्यक्ष रामचन्द्र गुरागाईंले बताए ।

चैत्र २९, २०८२

रमेशचन्द्र अधिकारी

Foundation stone laying ceremony for Sakos building

धनकुटा — शिक्षकहरूबाट सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) धनकुटाको भवन शिलान्यास गरिएको छ । संस्थाको १७ औं स्थापना दिवसको अवसर पारेर आइतबार भवनको शिलान्यास गरिएको हो । 

धनकुटा नगरपालिका–४, देव्रेवासस्थित लोकसेवा चोकमा निर्माण हुने भवनको शिलान्यास धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले गरेका हुन् । नगर प्रमुख तामाङले भवनका लागि नगरका तर्फबाट १० लाख रुपैयाँ बजेट विनियोजन गर्ने जानकारी दिए । 

१० आना जग्गामा करिब ५० लाख रुपैयाँको लागतमा एकतले भवन निर्माण गर्न लागिएको साकोसका अध्यक्ष रामचन्द्र गुरागाईंले बताए । २०६६ सालमा स्थापना भएको उक्त संस्थामा एक हजारभन्दा बढी सदस्य रहेका छन् । हालसम्म साकोसको कार्यालय भाडाको घरमा संचालन हुँदै आएको थियो ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully