जेन–जी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पाँचथरमा पक्राउ

पक्राउ परेका तुम्वेवा गाउँपालिका–२ का ३५ वर्षीय रमेश लावती कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको रहेको प्रहरीले जनाएको छ ।

चैत्र २८, २०८२

लक्ष्मी गौतम

Prisoner who escaped from Jhumka prison during Gen-G movement arrested in Panchthar

पाँचथर — जेन–जी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट भागेका एक व्यक्ति पाँचथरमा पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्ति कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी प्रमाणित भएर कैद भुक्तान गरिरहेका तुम्वेवा गाउँपालिका–२ का ३५ वर्षीय रमेश लावती रहेको प्रहरीले जनाएको छ ।

लावतीलाई तुम्बेवा गाउँपालिका–२ मितोकस्थित आफ्नै घरबाट पक्राउ गरिएको हो । उनी गत भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिषकुमार कर्णका अनुसार विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

डीएसपी कर्णका अनुसार हालसम्म जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका १३ जनालाई पाँचथर प्रहरीले पक्राउ गरिसकेको छ ।    

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully