संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट

नेपाल नगरपालिका संघको ३३ औं स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उत्कृष्ट घोषणा सहित सम्मान गरिएको हो ।

चैत्र २७, २०८२

डम्बरसिं राई

Halesi Tuwachung Municipality excels in institutional development, service delivery, and financial governance

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनको क्षेत्रमा उत्कृष्ट नगरपालिका घोषित भएको छ । 

नगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनको क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेकाले उच्च मूल्यांकन गर्दै सम्मान गरेको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताएकी छन् । 

कार्यसम्पादनको आधारमा निर्धारित सूचकमा उत्कृष्ट अंक ९० प्रतिशत प्राप्त गरी सम्मानित भएकोमा सभामुख डोलप्रसाद अर्यालले नगर प्रमुख राईलाई सम्मान गरेका हुन् । संघीय मामिला मन्त्रालयले नगरपालिका र गाउँपालिकाको कामको मूल्यांकनका आधारमा छनोट गरेको राईले जनाएकी छन् ।

त्यस्तै १० औं खोटाङ जिल्ला सभामा पनि महिला सशक्तीकरण तथा बालबालिका संरक्षण कार्यक्रम सञ्चालन गरेकोमा हलेसी तुवाचुङ नगरपालिकालाई बुधबार सम्मान गरिएको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully