जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद, ७ लाख जरिवाना

न्यायाधीश विकास श्रेष्ठको इजलासले सकुन भनिने सन्तकुमार आङ्बुहाङलाई कैद सजायसँगै जरिवाना हुने फैसला सुनाएको हो ।

चैत्र २२, २०८२

आनन्द गौतम

18 years in prison, 700,000 rupees fine in rape case

ताप्लेजुङ — जिल्ला अदालत ताप्लेजुङले आठराई त्रिवेणी गाउँपालिका-३ का एक युवकलाई १८ वर्षको कैद सजाय गरेको छ ।

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २०८१ माघ २ गते दर्ता भएको मुद्दामा यस्तो फैसला सुनाइएको हो ।

जिल्ला न्यायाधीश विकास श्रेष्ठको इजलासले सकुन भनिने सन्तकुमार आङ्बुहाङलाई कैद सजायसँगै ७ लाख रुपैयाँ जरिवाना हुने फैसला पनि सुनाएको निमित्त स्रेस्तेदार रमेश तामाङले जानकारी दिए ।

मुलुकी फौजदारी संहिता २०७४ मा भएको व्यवस्थाबमोजिम कैद सजाय र सोही संहितामा भएको व्यवस्थाअनुसार जरिवानाको फैसला गरेको तामाङले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully