पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा प्रदेशभर १२ सय १० परीक्षार्थी अनुपस्थित थिए ।
What you should know
धनकुटा — माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा कोशी प्रदेशमा ९ सय ७५ जना परीक्षार्थी अनुपस्थित भएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा २ सय ३५ ले कम हो ।
शुक्रबारको परीक्षामा सबैभन्दा बढी मोरङमा १ सय ७३ जना छन् भने सबैभन्दा कम सोलुखुम्ब्मुा १० परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ । यसैगरी, ताप्लेजुङ ५२, पाँचथर ५८, ईलाम ४४ र झापा १ सय ४८ परीक्षार्थी रहेका छन् । यस्तै, संखुवासभा ६६ तेह्रथुम २५ धनकुटा ४४, भोजपुर ६१, सुनसरी १ सय ३७, , खोटाङ ५३, ओखलढुंगा २९ र उदयपुर ७५ परीक्षार्थी अनुपस्थित रहेका छन् ।
कोशी प्रदेशमा यस वर्षको एसईईमा ८० हजार ९ सय १० जना परीक्षार्थीले फारम भरेका थिए । प्राविधिक धारतर्फ ३ हजार १ सय ५८ परीक्षार्थी रहेका छन् । जसमध्ये ९ सय ७५ जना परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशक कृष्णप्रसाद पोखरेलले बताए । पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा १२ सय १० परीक्षार्थी अनुपस्थित थिए ।
परीक्षाको लागि ३ सय ३२ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशभर ३ सय ३२ केन्द्राध्यक्ष र ५ सय ४६ सहायक केन्द्राध्यक्ष रहेका छन् । ४ हजार ६३ जना निरीक्षक, ८ सय १३ परीक्षा सहायकसहित ७ हजार ३ सय ६९ संख्या खटिएका छन् । परीक्षा सञ्चालनका लागि कुल १२ हजार ३ सय ४९ जनशक्ति परिचालन गरिएको छ ।
यसैबीच दोस्रो दिनको अनिवार्य नेपाली विषयको उत्तरपुस्तिका परीक्षण गर्ने कार्य दिउँसोदेखि सुरु गरिएको छ। सम्बन्धित परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण कार्य जारी रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । पहिलो दिनको परीक्षण कार्य भने सकिएको निर्देशनालयले जनाएको छ ।
