पाँचथरमा गाडी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार अपराह्न २ बजे दोक्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च ६०२९ नम्बरको अमलिसो (कुच्चो) बोकेको गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो।

चैत्र १९, २०८२

लक्ष्मी गौतम

Vehicle accident in Panchthar: One dead, two injured

पाँचथर — हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडास्थित गुराँसे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार अपराह्न २ बजे दोक्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च ६०२९ नम्बरको अमलिसो (कुच्चो) बोकेको गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो।

दुर्घटनापछि प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको कमाण्डमा खटिएको टोलीले घाइते तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो। उपचारका क्रममा हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको अस्पतालले जनाएको छ।

गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दिप उभरकोटी सामान्य अवस्थामा रहेका छन् र उपचार भइरहेको छ। चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली पनि सामान्य घाइते रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully