पक्राउ परेका युवकमाथि जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ।
संखुवासभा — चैनपुर नगरपालिकामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पीडित बालिकाको पहिचान गोप्य राख्दै 'चैनपुर (त)' नामबाट संकेत गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा चैनपुर नगरपालिका–७ फलाटेका १९ वर्षीय युवकलाई सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार संखुवासभा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ।
