झापामा मकैबारीमा नवजात शिशु फेला, उपचारका लागि अस्पताल पठाइयो

प्रहरीले शिशुको आमा तथा सम्बन्धित व्यक्तिको पहिचान र खोजतलास कार्य तीव्र पारेको जनाएको छ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Newborn found in cornfield in Jhapa, sent to hospital for treatment

झापा — झापाको कमल गाउँपालिका–३, केर्खामा मकैबारीभित्र बेवारिस अवस्थामा एक नवजात शिशु फेला परेको छ।

जिल्ला प्रहरीका अनुसार आज बिहान करिब ६:१० बजे स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारीभित्रको मकैबारीमा नवजात बालिका शिशु फेला परेकी हुन् ।

४८ वर्षीय लीलाराज थापाले शिशुलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा शिशुको उद्धार गरेको थियो।

उद्धारपछि शिशुलाई उपचारका लागि दमकस्थित किओच बाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हाल शिशुको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीले शिशुको आमा तथा सम्बन्धित व्यक्तिको पहिचान र खोजतलास कार्य तीव्र पारेको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कान्तिपुर

Link copied successfully