हिले खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा कनकाईले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई पराजित गर्दै उपाधि उचालेको हो ।
धनकुटा — धनकुटाको हिलेमा जारी १८ औं संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाको कनकाई नगरपालिकाले हात पारेकाे छ ।
हिले खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा कनकाईले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई पराजित गर्दै उपाधि उचालेको हो ।
वेस्ट अफ फाइभ खेलाइएको खेलमा कनकाईले २५-१७, २५-२२, २५-१८ को सोझो सेटले पराजित गर्न सफल भएको हो । कनकाईले उपाधिसँगै नगद २ लाख २ हजार २२२ रुपैयाँ हात पार्यो । उपविजेता रामप्रसाद गाउँपाललिकाले १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ ।
गत मंगलबारदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका नौ पालिकाको सहभागिता रहेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिए।
विजेता र उपविजेता टिमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गाेङ्बाले पुरस्कार प्रदान गरे। उक्त अवसरमा खेलाडीहरुलाई विधागत पुरस्कार समेत प्रदान गरिएको थियाे। हिलेमा रामनवमी पर्वकाे अवसरमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको हाे।
