हवाइ उद्धार गरेर उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका-२ की १४ वर्षीया फुर्लामु शेर्पालाई आइतबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
करिब १८ घण्टाभन्दा बढी प्रसव पीडामा रहेकी शेर्पाको गर्भमै शिशुको मृत्यु भएको थियो। जटिल अवस्थाका कारण उनको ज्यान जोखिममा परेपछि तत्काल उद्धारको पहल गरिएको थियो।
अत्यधिक प्रसव पीडा, रक्तस्राव र अन्य जटिल लक्षण देखिएपछि उनलाई जिल्ला बाहिर विशेषज्ञ उपचारका लागि लैजान आवश्यक भएको चिकित्सकले जनाएका छन् । उनको राष्ट्रपति हवाइ उद्धार कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि व्यवस्था गरिएको हवाई उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उद्धार गरिएको हो। उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
