शुक्रबार साँझको हावाहुरीले खोटाङमा विद्युत् अवरुद्ध

उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्म ३३ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न ठाउँमा खराबी आएको छ ।

चैत्र ७, २०८२

कान्तिपुर संवाददाता

Power outage in Khotang due to Friday evening storm

खोटाङ — खोटाङमा विद्युत् अवरुद्ध भएको छ । शुक्रबार साँझ पानीसहित आएको हावाहुरीले विद्युत् अवरुद्ध भएको हो।

उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्म ३३ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न ठाउँमा खराबी आएका कारण विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण कार्यालय दिक्तेलका निमित्त कार्यालय प्रमुख रामबहादुर श्रेष्ठले जानकारी दिए।

हावाहुरीले विभिन्न भू-भागमा पोल ढालेको तथा तार झरेका कारण मर्मत गर्न केही समय लाग्ने उनको भनाइ छ । फल्ट भएका ठाउँ पत्ता लगाउन प्राविधिक टोली खटाइ सकिएको उनले जनाए। 

विद्युत् अवरुद्ध भएसँगै सञ्चार सेवा तथा कार्यालयका काम प्रभावित भएका छन् । 

कान्तिपुर

Link copied successfully