अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका साइट प्रशासन प्रमुखसमेत रहेका चौहानले आफ्नो पेशागत अनुभवलाई निर्वाचन व्यवस्थापनमा प्रयोग गरेका थिए।
संखुवासभा — भोटखोलाको कृष्ण मावि गोला मतदान केन्द्रका मतदान अधिकृत पूर्णकुमार चौहान उत्कृष्ट मतदान अधिकृत भएका छन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उत्कृष्ट मतदान अधिकृतका रूपमा सम्मानित भएका हुन् । जिल्लाभर खटिएका १ सय ६४ मतदान अधिकृतमध्ये उनी उत्कृष्ट भएका हुन् ।
अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका साइट प्रशासन प्रमुखसमेत रहेका चौहानले आफ्नो पेशागत अनुभवलाई निर्वाचन व्यवस्थापनमा प्रयोग गरेका थिए। उनको नेतृत्वमा मतदान केन्द्र व्यवस्थित, सुरक्षित र अनुशासित ढंगले सञ्चालन भएको थियो।
मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बिहीबार चौहानको योगदानको मूल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गरेका हुन्। कोइरालाले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल, शान्तिपूर्ण र विश्वसनीय बनाउन योगदान पुऱ्याएको भन्दै आभार व्यक्त गरे। सम्मान ग्रहण गर्दै चौहानले यो उपलब्धि सम्पूर्ण टोलीको सहकार्यको परिणाम भएको उल्लेख गरे ।
