दिप्रुङ चुइचुम्मामा ३ दिनदेखि विद्युत् अवरुद्ध, ३१ सय घरधुरी प्रभावित

रेग्मीटारदेखि दिप्रुङ चुइचुम्मासम्मको विद्युतको मेन लाइन तथा गाउँपालिकाभित्रका शाखा लाइनहरूमा पनि हावाले क्षति पुर्‍याएको बस्नेतले जनाए ।

चैत्र ४, २०८२

डम्बरसिं राई

Power outage in Diprung Chuichumma for 3 days, 3100 households affected

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ३ दिनदेखि विद्युत् अवरुद्ध भएको छ । चैत २ हावाहुरीले विद्युत् लाइनमा क्षति पुर्‍याएको हो । 

दिप्रुङ चुइमुम्मा गाउँपालिकाका प्रवक्ता तथा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतका अनुसार वडा न–१ याम्खा, २ डाडाँगाउँ, ३ छोरम्बु, ४ बतासे, ५ सप्तेश्वरछितापोखरी, ६ छितापोखरी र ७ टेम्मा गरी करिब ३१ सय घरधुरी अँध्यारोमा बस्नु पर्ने बाध्यता आइपरेको छ । 

रेग्मीटारदेखि दिप्रुङ चुइचुम्मासम्मको विद्युतको मेन लाइन तथा गाउँपालिकाभित्रका शाखा लाइनहरूमा पनि हावाले क्षति पुर्‍याएको बस्नेतले जनाए । त्यस क्षेत्रका विभिन्न ठाउँमा रूख ढलेर तार चुँडाएकाले मर्मत भइरहेकाले बिहीबारसम्ममा विद्युत् चालु गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख रामकुमार श्रेष्ठले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully