उदयपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

घाइते भूपाल राईलाई दुर्घटनास्थलबाट तत्काल उद्धार गरी जिल्ला अस्पताल गाईघाट पुर्‍याइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए ।

चैत्र ४, २०८२

राकेश नेपाली

One person dies in road accident in Udaipur

उदयपुर — बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ।

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई  ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो ।

गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

घाइते राईलाई  दुर्घटनास्थलबाट तत्काल उद्धार गरी जिल्ला अस्पताल गाईघाट पुर्‍याइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए ।

दुर्घटनापछि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको र फरार रहेका टिपर चालकको खोजी भइरहेको बताइएको छ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully