खाेटाङमा हावाहुरीले विद्युत् अवरुद्ध

उदयपुरकाे जलजलेबाट ल्याइएकाे ३३ केभी प्रसारण लाइन र साेलुबाट जाेडिएकाे ३३ केभी प्रसारण लाइनमा समस्या आएको हो ।

चैत्र ३, २०८२

डम्बरसिं राई

Windstorm disrupts electricity in Khotang

खोटाङ — हावाहुरीले खाेटाङमा विद्युत् अवरुद्ध भएकाे छ । उदयपुरकाे जलजलेबाट ल्याइएकाे ३३ केभी प्रसारण लाइन र साेलुबाट जाेडिएकाे ३३ केभी प्रसारण लाइन बिग्रिँदा साेमबार साझदेखि विद्युत् अवरुद्ध  हुँदा करिब ३० हजार उपभाेक्ता अन्धकारमा छन् ।

नेपाल विद्युत् प्राधिकरणका प्राविधिक प्रमुख रामबहादुर श्रेष्ठले अहिलेसम्म कहाँ बिग्रियाे भन्ने नै पत्ताे नलागेकाले बन्न समय लाग्ने बताए । 'ठूलै क्षति भयाे जस्ताे छ, भरे बेलुकीसम्म बन्याे भने बन्याे, नत्र भाेलिसम्मै लाग्न सक्छ,' श्रेष्ठले भने, 'बनाउनका लागि टाेली खटिसकेकाे छ ।'

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully