भोजपुरमा चट्याङ पर्दा र रुख लड्दा दुई जनाको मृत्यु

घरमै बसिरहेको अवस्थामा चट्याङ लाग्दा शर्मिला तामाङ र रुख लडेर ढुङ्गाले लाग्दा आशिष तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Two killed in lightning strike and falling tree in Bhojpur

भोजपुर —  

जिल्लामा चट्याङ पर्दा र रुख लडेर ढुङ्गाले लाग्दा दुई जनाको मृत्यु भएको छ।

भोजपुरको षडानन्द नगरपालिका–९ भैंसेमा वर्षासँगै परेको चट्याङ लाग्दा २५ वर्षीया शर्मिला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घरमै बसिरहेको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै, साल्पासिलिछो गाउँपालिका–५ सोहरा (पिछम्मा) क्षेत्रमा रुख लडेर ढुङ्गाले लाग्दा ३० वर्षीय आशिष तामाङको मृत्यु भएको छ। काठ काट्ने स्थानमा त्रिपाल टाँगी अस्थायी रूपमा बस्दै आएका उनलाई वर्षासँगै आएको हावाहुरीका कारण करिब ६० मिटर माथिबाट रुख लडेर खसेको ढुङ्गाले लागेको प्रहरीले जनाएको छ।

ढुङ्गाले लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी राजु लामाले बताए। मृतक तामाङ भोजपुर नगरपालिका–९ देउरालीका बासिन्दा हुन्।

कान्तिपुर

Link copied successfully