मेची राजमार्गको ताप्लेजुङ सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध

खोक्सेखोला क्षेत्रमा वर्षाका कारण माथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलाम अन्तर्गत ताप्लेजुङ हेर्ने सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।

फाल्गुन ३०, २०८२

आनन्द गौतम

Taplejung section of Mechi Highway blocked since Saturday morning

ताप्लेजुङ — मेची राजमार्गको ताप्लेजुङ सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । खोक्सेखोला क्षेत्रमा वर्षाका कारण माथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलाम अन्तर्गत ताप्लेजुङ हेर्ने सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।

उप्रेतीका अनुसार स्काभेटर र जेसीबीमार्फत पहिलो पन्साउने प्रयास भइरहेको छ । तर माथिबाट झर्ने क्रम पनि नरोकिएकाले कति समय लाग्छ यकिन नभएको उनले बताए ।

यो सडक स्तरोन्नति गर्ने क्रम जारी रहेकाले सामान्य वर्षामापनि अवरोध सृजना हुने गरेको छ । वर्षामा राम्ररी बुझेर मात्रै यात्रा गर्न पनि उनले आग्रह गरेका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully