अवरुद्ध मेची राजमार्ग खुल्यो

तीन घण्टाको प्रयासपछि खुलाइएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।

फाल्गुन ३०, २०८२

आनन्द गौतम

Blocked Mechi Highway reopened

काठमाडौँ — ताप्लेजुङ शनिबार बिहान ६ बजेदेखि अवरुद्ध मेची राजमार्गको ताप्लेजुङ सडकखण्ड ९ बजेदेखि खुलेको छ । तीन घण्टाको प्रयासपछि खुलाइएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए । 

खोक्सेखोला क्षेत्रमा वर्षाका कारण माथिबाट पहिरो झरेको थियो । पहिरोका कारण  अवरुद्ध सडक जेसिभिको प्रयोग गरेर खुलाइएको उप्रेतीले जानकारी दिए । 

उप्रेतीका अनुसार एकतर्फी चल्ने बनाइएको छ । मेची राजमार्गको काबेली ताप्लेजुङ सडकखण्ड  स्तरोन्नति गर्ने काम भइरहेको छ । 

केही समयअघि ब्लास्टिङ गरी यहाँका ढुङ्गाहरू फुटाइएको थियो । स्तरोन्नतिको काम जारी रहेकाले सामान्य वर्षामा पनि अवरोध सिर्जना हुनसक्ने भएकाले बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully