सामुदायिक कुकुरलाई मारेको आरोपमा एकजना पक्राउ

मकैबारीमा पसेको निहुँमा लट्ठीले निर्घात कुटपिट गरेको केही समयपछि कुकुरको मृत्यु भएको थियो।

फाल्गुन २८, २०८२

अर्जुन सुवेदी

One arrested for killing community dog

सुनसरी — सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक कुकुरलाई कुटपिट गरी मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष दासलाई प्रहरीले पक्राउ गरेको हो।दासले गत फागुन २४ गते बिहान करिब ६ बजे आफ्नो मकैबारीमा पसेको निहुँमा सामुदायिक कुकुरलाई लठ्ठीले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएको उक्त कुकुरको केही समयपछि मृत्यु भएको थियो।

घटनाबारे परेको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले दासलाई बुधबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ परेका दासमाथि पशुपन्छीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

अर्जुन

Link copied successfully