धनकुटाको सहिदभूमिमा अनुगमन, म्याद गुज्रिएका बस्तु नष्ट

बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रूपमा गरेका हुन् ।

फाल्गुन २८, २०८२

रमेशचन्द्र अधिकारी

Monitoring at Dhankuta's Martyrs' Cemetery, expired items destroyed

धनकुटा — जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो ।

बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रूपमा गरेका हुन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाका अनुसार म्याद गुज्रिएका खाद्यान्न तथा पेय पदार्थ उत्पादन मितिका साथै उपभोग्य मिति र म्याद नराखिएको भेटिएको छ । यस्तै घरेलु तथा साना उद्योगको कार्यालयका सूचना अधिकारी विकास कार्कीका अनुसार कतिपय पसलमा मूल्य सूची टाँस नगरिएको र राख्न आग्रह गरिएको बताए ।

अखाद्य बस्तु बेचबिखन नगर्न नगराउन र आगामी दिनमा अटेर गरेको पाइएमा कारबाही हुने समेत चेतावनी दिइएको उनले बताए । उपभोक्ताहरू नठगिऊन् भनेर बजार अनुगनमालाई तीव्रता दिएको सूचना अधिकारी कार्कीले बताए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully