जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पाँचथर हिलिहाङ गाउँपालिका-२ सिंहपुर घर भई पाथीभरा याङवरकमा बस्दै आएका २१ वर्षीय छुप्पु हेम्वया पक्राउ परेका हुन् ।
ताप्लेजुङ — बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-२ थेचम्बुका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पाँचथर हिलिहाङ गाउँपालिका-२ सिंहपुर घर भई पाथीभरा याङवरकमा बस्दै आएका २१ वर्षीय छुप्पु हेम्वया पक्राउ परेका हुन् ।
उनले खेतको बालीनाली छेक्न बानएको पासोमा परेका बाँदरलाई थुनेर कुकुर लगाएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्न भिडियोमा बाँदरलाई तड्पाइ तड्पाइ यातना दिएको देखिन्छ । भिडियोमा अरु थुप्रै बाँदर समेत देखिन्छन् । त्यसमध्ये केही डराई रहेको देखिन्छ । पशु अधिकारकर्मीलगायतका संघसंस्थाले गुनासो गरेपछि प्रहरीले ती युवकको खोजी गरेको थियो । यही क्रमा उनी पक्राउ परेका हुन् ।
यो घटना प्रतिनिधिसभाको निर्वाचन अघि भए पनि मिति यकिन भएको छैन । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पक्राउ परेका युवकमाथि कानुनी प्रकृया अघि बढाइने बताए ।
