खोटाङमा ११ उम्मेदवारको धरौटी जफत

मुलुकमा सबैभन्दा ठूलो दल बनेको राष्टि्रय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरीलगायत ११ जनाको धरौटी जफत भएको हो ।

फाल्गुन २५, २०८२

डम्बरसिं राई

Deposits of 11 candidates confiscated in Khotang

खोटाङ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङमा ११ उम्मेदवारको धरौटी जफत भएको छ । मुलुकमा सबैभन्दा ठूलो दल बनेको राष्टि्रय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी लगायत ११ जनाको धरौटी जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरका अनुसार रास्वपा उम्मेदवार गिरीलगायत राष्टि्रय परिवर्तन पार्टीका मिरेश राई, राष्टि्रय प्रजातन्त्र पार्टीका दीपक तामाङ, जनता समाजवादी पार्टीका राकेश राई, नेपाल कम्युनिस्ट पार्टी माओवादीका चन्द्रबहादुर बुढाथोकी, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङ, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रयाग राई, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, मितेरी पार्टीका केसरमान चाम्लिङ र स्वतन्त्र उम्मेदवारद्वय तिलकचन्द्र राई तथा राजकुमार राईको धरौटी जफत भएको हो ।

उनीहरूले खसेको सदर मतको १० प्रतिशत नल्याएकाले धरौटी जफत भएको मगरले सुनाए । धरौटी जफत नहुनका लागि ५ हजार ६ सय ३८ मत ल्याउनु पर्ने थियो । 

खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले १६ हजार ६ सय १२, एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७, नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४ सय ४३ र राष्टि्रय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याएका थिए ।

जिल्लामा ६२ हजार ५ सय ७७ मत खसेकामा ५८ हजार ६ सय ३८ मत सदर भएको थियो भने ३ हजार ९ सय २८ बदर भएको थियो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully