शाहले निकटतम् प्रतिस्पर्धी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गरेका हुन् । कार्कीले १६ हजार ५ सय ८७ मत मात्र प्राप्त गरेका छन् ।
धरान — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिपककुमार शाह विजयी भएका छन् । शाहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै जित निकालेका हुन् । उनले निकटतम् प्रतिस्पर्धी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गरेका हुन् । कार्कीले १६ हजार ५ सय ८७ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार जगदीश कुसियतले ८ हजार ६ सय ३१ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका महमद महफुज अन्सारीले ३ हजार ४ सय ३२ प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कुल १ लाख ३७ हजार ३ सय ४० मतदाता रहेका छन् । जसमध्ये ८५ हजार १ सय ३७ मत खसेको थियो । त्यसमध्ये ६ हजार ६ सय ७४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
