सुनसरी-३ मा रास्वपाका अशोक चौधरी विजयी

कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५ सय १ मत ल्याएका छन् । चौधरी र गच्छदारको मतान्तर २६ हजार ९ सय २० रहेको छ ।

फाल्गुन २४, २०८२

अर्जुन सुवेदी

Ashok Chaudhary of RSVP wins in Sunsari-3

सुनसरी — सुनसरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोककुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले ४७ हजार ४ सय २१ मत ल्याएर निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५ सय १ मत ल्याएका छन् । चौधरी र गच्छदारको मतान्तर २६ हजार ९ सय २० रहेको छ । 

नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत ल्याएकी छन् । १ लाख ३४ हजार ३ सय २ मतदाता रहेको सुनसरीमा ९५ हजार १ सय ८५ मत खसेको थियो ।

अर्जुन

Link copied successfully