प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयसमेतको सहयोगमा उनको उद्वार गरिएको हो।
धनकुटा — तस्बिर खिच्ने क्रममा तमोर नदीमा डुबेकी एक युवतीको उद्धार गरिएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका-१ बस्ने गोविन्द बरालकी श्रीमती २४ वर्षीया सुष्मा पौडेलको शनिबार उद्धार गरिएको प्रहरीले जनाएको छ। तस्बिर खिच्ने क्रममा चिप्लिएर तम्मोर नदीमा खस्दा उनलाई बगाएको थियो। प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयसमेतको सहयोगमा उनको उद्वार गरिएको हो।
बगाएको स्थानदेखि ५ सय मिटर परबाट उनको उद्धार गरिएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
धनकुटा नगरपालिका-९ मूलघाटस्थित तमोर नदीमा अरुण थर्ड हाइड्रोपावरको सामान बोक्नका लागि बनाएको वैकल्पिक बाटोमा तस्बिर खिच्ने क्रममा उनी नदीमा खसेकी थिइन् ।
