सुनसरी १ : रास्वपाको अग्रता, एमाले छैटौं स्थानमा

जारी मतगणनामा रास्वपाकी गोमा तामाङ ४६१ मतसहित अग्रस्थानमा छिन् भने श्रम संस्कृति पार्टीका हर्क साम्पाङले १५४ मत ल्याएका छन् ।

फाल्गुन २२, २०८२

एलिना राई

Sunsari 1: RSP leads, UML in sixth place

धरान — प्रतिधिनिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं. १ को जारी मतगणनाको पछिल्लो अपडेट सार्वजनिक भएको छ ।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ ४६१ मतसहित अग्रस्थानमा छिन् । धरानका पूर्वमेयर समेत रहेका हर्क राज राई (श्रम संस्कृति पार्टी) १५४ मतसहित दोस्रो स्थानमा छन् ।

१०७ मतसहित कांग्रेसका सुजेन्द्र तामाङ तेस्रो र राप्रपाका उद्धव श्रेष्ठ ९५ मतसहित चौथो स्थानमा छन् । यहाँ नेकपाका सूर्यबहादुर भट्टराईले ४१ मत ल्याएका छन् भने एमालेका टीकाराम लिम्बू २० मतसहित छैटौं स्थानमा छन् ।

कुल ९२४ गणना गरिएकामा ३७ मत बदर भएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully