मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा उनी अचानक ढलेका थिए ।
विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको शुक्रबार निधन भएको छ। मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा उनी अचानक ढलेका थिए ।
बिहानदेखि सुरु भएको मतगणनाको केही समयपछि रेग्मी अचानक बेहोस भएको घटनास्थलमै उनको मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए । उनको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
मृतक रेग्मीको शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।
