गाईघाट-बेल्टार सडकमा मोटरसाइकल दुर्घटना : १ को मृत्यु, २ गम्भीर घाइते

मोटरसाइकल अनियन्त्रित भई सखुवाको रुपमा ठोक्किँदा दुर्घटना भएको हो ।

फाल्गुन २१, २०८२

भोटराज राई

Motorcycle accident on Gaighat-Beltar road: 1 dead, 2 seriously injured

काठमाडौँ — मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–बेल्टार सडकखण्डको चौदण्डीगढी नगरपालिका-१० भिमामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 

गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकको उत्तरतर्फको सखुवाको रुपमा ठोक्किएको थियो । चालक चौदण्डीगढी-५ सिवाईका १८ वर्षीय समीर चौधरीको गम्भीर घाइते भएकामा अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरे ।

मोटरसाइकल पछाडि सवार दुईजना सोही ठाउँका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका हुन् । उनीहरुको थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का उठाई थप अनुसन्धान गरिरहेको छ । 

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully