पाँचथरमा ५० प्रतिशत भन्दा कम मतदान, धमाधम संकलन हुँदै मतपेटिका

यहाँका १ सय ८० मतदान केन्द्रबाट ३३ हजार ६ सय १५ महिला र ३७ हजार ५ सय ५५ पुरुषले मतदान गरेका हुन्।

फाल्गुन २१, २०८२

लक्ष्मी गौतम

Less than 50 percent voter turnout in Panchthar, ballot boxes being collected in a hurry

पाँचथर — बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथरमा ५० प्रतिशत भन्दा कम मतदान भएको छ । जिल्लाका १ लाख ४३ हजार ४ सय ८ मध्ये ७१ हजार १ सय जनाले मात्रै मतदान गरेका हुन् ।

यहाँका १ सय ८० मतदान केन्द्रबाट ३३ हजार ६ सय १५ महिला र ३७ हजार ५ सय ५५ पुरुषले मतदान गरेका हुन्। जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।

मतदान सकिए लगत्तै मतपेटिका गणनास्थल ल्याउन थालिएको छ । हालसम्म सदरमुकाम फिदिमको वडा १, २, ३ र ४ का मतदानस्थलबाट गणनास्थलमा पेटिका प्राप्त भएका छन् । मतपेटिका बुझ्ने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए । 

कारागारमा ९१ जनाले गरे मतदान
जिल्ला कारागार पाँचथरको अस्थायी मतदान केन्द्रमा ९१ जनाले मतदान गरेका छन् । यहाँ २१ कैदीबन्दी र ७० जना कर्मचारीले मतदान गरेको मतदान अधिकृत शैलेन्द्रकुमार सिंहले बताए । उनका अनुसार मतदान गर्ने कैदीबन्दी सबै पुरुष हुन् । कर्मचारी तर्फ भने ६८ पुरुष र २ महिलाले मतदान गरेको जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully