धनकुटा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ ।
धनकुटा — धनकुटा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ । जसमा ९७ प्रतिशत मत खसेको छ ।
७४ कैदीबन्दीसहित ७६ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी माधव अधिकारीले बताए । ७४ कैदीबन्दी र केन्द्रमा खटिएका दुई कर्मचारीले सोही केन्द्रबाट समानुपातिक उम्मेदवारलाई मतदान गरेका हुन् ।
कारागारमा ७८ जनाको मतदाता नामावली भए पनि केही दिनपहिले दुई जना कैदीबन्दी रिहा भएपछि बाँकीले मतदान गरेको जेलर सन्दीप न्यौपानेले जानकारी दिए ।
जिल्लामा कारागारसहित दुई वटा अस्थायी मतदान केन्द्र कायम छ । धनकुटा-६ सिरानबजारस्थित गोकुण्डेश्वर मावि अस्थायी मतदान केन्द्रमा भने मत दिने कार्य जारी रहेको छ ।
