उदयपुरमा ५२ प्रतिशत मतदान

मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरका अनुसार जिल्लामा रहेका २ लाख ३८ हजार ९२६ मतदाता मध्ये १ लाख २४ हजार ५९० मत खसेको हो।

फाल्गुन २१, २०८२

राकेश नेपाली

52 percent voting in Udayapur

काठमाडौँ — बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुरका दुई निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ५९० मत खसेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरका अनुसार जिल्लामा रहेका २ लाख ३८ हजार ९२६ मतदाता मध्ये १ लाख २४ हजार ५९० मत खसेको हो।

निर्वाचन क्षेत्र नं १ मा कुल १ लाख ४३ हजार ८०४ मतदाता मध्ये ७९ हजार ९५६ मत खसेको छ। यसमध्ये ४२ हजार ६७२ महिला, ३७ हजार २८२ पुरुष र २ अन्य मतदाता सहभागी भएका छन्। सो क्षेत्रमा करिब ५६ प्रतिशत मतदान भएको छ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा कुल ९५ हजार १२२ मतदाता मध्ये ४४ हजार ६३४ मत खसेको छ। यसमध्ये २१ हजार ६८२ महिला र २२ हजार ९५२ पुरुष मतदाता सहभागी भएका छन्। सो क्षेत्रमा करिब ४६ प्रतिशत मतदान भएको छ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र सबै मतदान केन्द्रमा निर्धारित समयभित्र मतदान कार्य सकिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश मुकेश उपाध्ययले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully