निर्वाचनलाई लक्षित गर्दै बिहीबार राति १२ बजेसम्म नाका पूर्ण रूपमा बन्द रहनेछ ।
संखुवासभा — जिल्ला प्रशासन कार्यालय संखुवासभाले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चीनसँग जोडिएको किमाथांका नाका सोमबार राति १२ बजेबाट अस्थायी रूपमा बन्द गरेको छ ।
निर्वाचनलाई लक्षित गर्दै बिहीबार राति १२ बजेसम्म नाका पूर्ण रूपमा बन्द रहनेछ ।
चीनसँग सिमाना जोडिएको संखुवासभा जिल्लाको उत्तरी भेगस्थित किमाथांका नाका स्थानीय व्यापार, आवतजावत तथा आपूर्ति व्यवस्थाको दृष्टिले महत्वपूर्ण मानिन्छ । तथापि निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित अवाञ्छित गतिविधि रोक्न तथा मतदातालाई सुरक्षित वातावरण उपलब्ध गराउन नाका बन्द गर्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जारी गरेको सूचनामा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उल्लेख छ ।
