नेपाल-चीन सिमाना टिपताला भन्ज्याङ नाका ७२ घण्टाका लागि सिल गर्ने सन्देश जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चीनको डिङजे काउन्टीलाई गराएको छ ।
ताप्लेजुङ — नेपाल-चीन सिमाना टिपताला भन्ज्याङ नाका ७२ घण्टाका लागि सिल गर्ने सन्देश जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चीनको डिङजे काउन्टीलाई गराएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार सशस्त्र प्रहरी बल ओलाङचुङगोला बीओपीमार्फत सन्देश पठाइएको हो ।
'फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सीमा बन्द गर्ने नियम अनुसार सिल गर्ने सन्देश पठाएका छौँ,' सेढाइले भने, 'उहाँहरु (चीन सरकार) ले पनि त्यो बुझ्नु भएको छ र कार्यान्वयन सुरु हुन्छ ।'
भारतसँगको सीमा क्षेत्र पनि सबै सिल गरिएको सेढाइले जानकारी दिए । पाँचथर प्रशासन कार्यालयमार्फत जानकारी गराइएको उनले बताए ।
