सुनसरीमा निर्वाचनविरोधी गतिविधिमा संलग्न ३ जना पक्राउ

विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

फाल्गुन १७, २०८२

अर्जुन सुवेदी

3 arrested for anti-election activities in Sunsari

सुनसरी — प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यसहित निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला इलाम माङसेबुङ गाउँपालिका–४ का २८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ का ४६ वर्षीय डिल्लीराम बोहोरा रहेका छन्।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

अर्जुन सुवेदी

Link copied successfully