धरान–४ का वडाध्यक्ष राई श्रम संस्कृति पार्टीमा प्रवेश

राजीनामा दिएसँगै राई आजै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । धरान भानुचोकमा आयोजित पार्टीको सभामा अध्यक्ष हर्क साम्पाङ राईले उनलाई पार्टीमा स्वागत गरेका थिए ।

फाल्गुन १५, २०८२

एलिना राई

Dharan-4 Ward Chairman Rai joins Shram Sanskriti Party

धरान — धरान उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले पदबाट राजीनामा दिएका छन् । शुक्रबार धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघालाई उनले राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिएसँगै राई आजै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । धरान भानुचोकमा आयोजित पार्टीको सभामा अध्यक्ष हर्क साम्पाङ राईले उनलाई पार्टीमा स्वागत गरेका थिए ।

धनबहादुर राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा ४ को अध्यक्षमा निर्वाचित भएका थिए । एमालेको निर्देशनविपरीत तत्कालिन नगर प्रमुख साम्पाङको श्रमदान अभियानमा साथ दिएका कारण उनलाई जिल्ला कमिटीमा कारबाहीको सिफारिस गरिएको थियो । सभामा धनबहादुरसँगै पूर्वजनप्रतिनिधि शिव बान्तवा राईलगायत नेताहरू पनि पार्टी प्रवेश गरे । 

अध्यक्ष साम्पाङले उनीहरुलाई पार्टीमा स्वागत गर्दै राम्रो काम गर्न आग्रह गरे ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully