बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार ती पुरुषलाई शनिबार बेलुकी पक्राउ गरिएको हो ।

फाल्गुन १०, २०८२

डम्बरसिं राई

One arrested for raping a girl

खोटाङ — १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

दिक्तेलस्थित एक विद्यालयमा कार्यरत शिक्षक बलात्कार आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका शिक्षक सोलुखुम्बुका हुन् । 

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार ती पुरुषलाई शनिबार बेलुकी पक्राउ गरिएको हो । 

शनिबार गृहकार्य सिकाइदिने भन्दै आफ्नै कोठामा बोलाएर बलात्कार गरेको पीडितका तर्फबाट परेको जाहेरीमा उल्लेख छ । पक्राउ परेका पुरुषलाई आइतबार म्याद थप गरी अनुसन्धान बढाइने मिश्रले सुनाएका छन् ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully