सडक मर्मत गर्ने क्रममा झरेको ढुंगाले लागेर वृद्धको मृत्यु

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार दाल्फुस्थित जेसीबीले बिहीबार सडक मर्मत गर्ने क्रममा झरेको ढुंगाले लागेर स्थानीय राधाखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको हो ।

फाल्गुन ७, २०८२

डम्बरसिं राई

Elderly man dies after being hit by falling rocks during road repairs

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकामा सडक मर्मत गर्ने क्रममा झरेको ढुंगाले लागेर एक वृद्धाको मृत्यु भएको छ । उक्त नगरपालिका–३ च्यास्मिटार दाल्फुस्थित जेसीबीले बिहीबार सडक मर्मत गर्ने क्रममा झरेको ढुंगाले लागेर स्थानीय राधाखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको हो ।

जेसीबी र चालक उदयपुर ताप्ली गाउँपालिका–२ का २६ वर्षीय केवल मगरलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताएका छन् । शव पोस्टमार्टमका लागि धरानको घोपा पठाइएको मिश्रले सुनाएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully