नेसपा तथा एमालेका १७७ नेता कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश

केपिलासगढी गाउँपालिकाको बाक्सिलामा बिहीबार आयोजित कार्यक्रममा राईसहित एमालेका जिल्ला सदस्यहरू पनि प्रवेश गरेका हुन् ।

फाल्गुन ७, २०८२

डम्बरसिं राई

177 leaders and activists of NESP and UML join Shram Sanskriti Party

खोटाङ — नेपाल समाजवादी पाटी (नेसपा)का केन्द्रीय सदस्य साबित्रा राईसहित एमालेका जिल्ला तहका नेताहरू गरी एक सय ७७ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । 

केपिलासगढी गाउँपालिकाको बाक्सिलामा बिहीबार आयोजित कार्यक्रममा राईसहित एमालेका जिल्ला सदस्यहरू पनि प्रवेश गरेका हुन् । श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार एमाले जिल्ला सचिवालय सदस्य आशिष राई, जिल्ला सदस्य प्रेम राई, एमाले केपिलासगढी गाउँपालिका अध्यक्ष सन्तोष राई, सचिव विशाल राई, एमाले केपिलासगढी–४ का वडाध्यक्ष दिनेश राई, २ का वडाअध्यक्ष डिकबहादुर राई, ७ का वडाअध्यक्ष योमन राई र २ का वडा सचिव अर्जुन राईलगायत एक सय ७७ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । 

उनीहरूलाई श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडालले स्वागत गरेको राईले सुनाएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully