पक्राउ पर्नेमा बाराकाे काेल्वी नगरपालिका ८ का २८ वर्षीय सन्दीपकुमार माझी र काठमाडौंको चन्द्रागिरी नगरपालिका ८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठ रहेको सुनसरी प्रहरीले जनाएको छ ।
धनकुटा — धनकुटाको आहालेस्थित चाँदीबजारबाट सुनसरीतर्फ लैजाँदै गरेकाे ९ सय ५५ केजी गाँजा प्रहरीले बरामद गरेको छ ।
धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित बरडाँडाबाट प्रहरीले दुई वटा सवारीसाधनसहित उक्त परिमाणकाे गाँजा मंगलबार बिहान बरामद गरेको हो ।
यसक्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाराकाे काेल्वी नगरपालिका ८ का २८ वर्षीय सन्दीपकुमार माझी र काठमाडौंको चन्द्रागिरी नगरपालिका ८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठ रहेको धरान प्रहरीले जनाएको छ ।
जाँचको क्रममा गाजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबाबु राईले जानकारी दिए । माझी चालक रहेको बा प्र ०१ ०२७ च ११४३ नम्बरको गाडीबाट ४ सय ६० केजी गाजा बरामद भएको छ । यस्तै, श्रेष्ठ सवार बी एसी ३२३६ नम्बरको गाडीबाट ४ सय ९५ केजी गाजा बरामद भएको हो।
चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेका सवारीसाधन शंकास्पद लागेर जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको राईले बताए । नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधन इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
*अपडेट गरिएको ।
