संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

शनिबार बेतेनीबाट बालागाउँतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४६ प २४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताए ।

माघ २४, २०८२

दीपेन्द्र शाक्य

One person dies in motorcycle accident in Sankhuwasabha

संखुवासभा — सिलिचोङ गाउँपालिका–२ स्थित लक्छौँडाँडाको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बेतेनीबाट बालागाउँतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४६ प २४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताए । मोटरसाइकल भोजपुर साल्पासिलिछो गाउँपालिका–१ काम्लेटार निवासी अन्दाजी २२ वर्षका आकाश राईले चलाइरहेका थिए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार संखुवासभा सिलिचोङ–२ बेतेनी घर भई हाल भोजपुर साल्पासिलिछो–१ काम्लेटार बस्दै आएका अन्दाजी ५६ वर्षका प्रेमकुमार राईको करिब ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको डीएसपी मैनालीले जनाए । 

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

दीपेन्द्र

Link copied successfully