सामाजिक सञ्जालमा मत सर्वेक्षण नगर्न अनुगमन अधिकृतको आग्रह

संखुवासभाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवी अधिकारीले शुक्रबार सूचना जारी गरेर सबै सरोकारवाला पक्षलाई आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेका छन्।

माघ २३, २०८२

दीपेन्द्र शाक्य

Monitoring officer urges not to conduct opinion polls on social media

संखुवासभा — उम्मेदवार तथा राजनीतिक दलका नाम उल्लेख गरी मत सर्वेक्षण भइरहेको भन्दै जिल्ला आचारसंहिता अनुगमन अधिकृतले आपत्ति जनाएका छन्।

फागुन २१ काे प्रतिनिधिसभा निर्वाचाका लागि माघ ४ गतेदेखि आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको भए पनि संखुवासभामा केही सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण भइरहेको जनाइएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–२, दफा ४ को (त) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नहुन्जेलसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मतसर्वेक्षण गर्न, त्यसको नतिजा सार्वजनिक गर्न वा प्रकाशन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

उक्त प्रावधानको उल्लङ्घन भए कानुनी कारबाही हुन सक्ने भन्दै संखुवासभाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवी अधिकारीले शुक्रबार सूचना जारी गरेर सबै सरोकारवाला पक्षलाई आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेका छन्।

निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउने साझा दायित्व भएकाले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि राजनीतिक दल र उम्मेदवारसम्म सबैले जिम्मेवार व्यवहार देखाउनुपर्ने आयोगको भनाइ छ।

दीपेन्द्र

Link copied successfully