ससुरालाई खुकुरी प्रहार गर्ने ज्वाइँ पक्राउ

बुधबार दिउँसो ४ बजे ज्वाइँको खुकुरी प्रहारबाट ७६ वर्षीय निङ्‌मा शेर्पा गम्भीर घाइते भएका हुन् ।

माघ २२, २०८२

दीपेन्द्र शाक्य

Son-in-law arrested for attacking father-in-law with a khukuri

संखुवासभा — संखुवासभाको पाँचखपन–८ मा ७६ वर्षीय ससुरामाथि खुकुरी प्रहार गर्ने ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो ४ बजे ज्वाइँको खुकुरी प्रहारबाट ७६ वर्षीय निङ्‌मा शेर्पा गम्भीर घाइते भएका हुन् ।

चैनपुर नगरपालिका–२ पोखरीका ४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले धारिलो हतियार प्रहार गर्दा ससुरा निङ्‌मा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । 

उनलाई बुधबार राति प्रक्राउ गरिएको छ । घरमा बसिरहेको अवस्थामा आक्रमण भएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट भर्तिवाल डाँडा र इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी निरीक्षक सुन्दरकुमार यादवको कमाण्डमा ५ जनाको प्रहरी टोली पुगेको थियो । खुकुरी प्रहारलगत्तै फरार भएका ओङ्दिलाई गाउँमै लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दीपेन्द्र शाक्य

Link copied successfully