आगलागीमा माननवीय वा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ। अन्य क्षतिको पूर्णविवरण भने आउन बाँकी रहेको छ।
धनकुटा — धनकुटा नगरपालिका–४ छारागाउँस्थित स्थानीय लोकबहादुर श्रेष्ठको घरमा बिहीबार बिहान आगलागी भएको हाे।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ९ : ४० बजे टिनको छानो र ढुंगा–माटोले बनेको एक तले घर तथा भान्सा घरमा अचानक आगलागी भएको हो।
आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट १५ जना प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपालका १५ जना सुरक्षाकर्मी तथा धनकुटा नगरपालिकाका दुई वटा दमकलसहितको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले बताए।
आगलागीमा माननवीय वा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ। अन्य क्षतिको पूर्णविवरण भने आउन बाँकी रहेको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
